काठमाडौं । ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहाल विश्व वरीयताको १० औं स्थानमा उक्लिएका छन् ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स एक स्थान सुधार गर्दै टप-१० मा पुगेका हुन् ।
प्रिन्सले प्राप्त गरेको वरीयता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष-१० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् ।
विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ यू–१९ र सिनियरतर्फ गरि दुई स्पर्धामा वरीयता सार्वजनिक गर्दै आएको छ ।
प्रिन्स नेपाली ब्याडमिन्टनका युवा स्टार हुन् । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरीयतामा फड्को मार्दै आईरहेका छन् ।
प्रिन्स हाल जर्मन जुनियर इन्टरनेसनल सिरिजका लागि जर्मनीका रहेका छन् ।