बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुम्फु
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय उमा कुङफुमा सुरेन्द्र र सलिना उत्कृष्ट

शनिबार, १७ फाल्गुण २०७६खेलपाटी संवाददाता
राष्ट्रिय उमा कुङफुमा सुरेन्द्र र सलिना उत्कृष्ट
Loading ad...
mustang rice ad

काठमाडौं । दोलखाका सुरेन्द्र थापा मगर र सलिना तामाङ पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

शनिबार सम्पन्न प्रतियोगितामा सुरेन्द्रले पुरुष ६०–६५ केजी तथा सलिनाले महिला ३०–३५ केजीमा स्वर्ण जितेको थिए ।  

बसुन्धरास्थित ऋत एकेडेमीमा भएको सान्डातर्फ पुरुष २०–२५ केजीमा काठमाडौंका आर्यन महर्जन पहिलो भए । फाइनलमा उनले काठमाडौंकै फुर्पा लामा दोङलाई पराजित गरे । २५–३० केजीमा रामेछापका मिङमा तामाङ पहिलो भए । उनले फाइनलमा काठमाडौंका उजिन मगरलाई हराए ।

३०–३५ केजीमा सिन्धुपाल्चोकका दावा छिरिङ शेर्पाले खोताङका समिर राई, ३५–४० केजीमा ओखल्ढुंगाका विजय सुनुवारले सोलुखुम्बुका सन्देश राई, ४०–४५ केजीमा रामेछापका सिवन सुनुवारले दोलखाका बुद्धिमान तामाङ, ४५–५० केजीमा रामेछापका लोब्साङ तामाङले रुपन्देहीका जीवन पुन र ५०–५५ केजीमा सिन्धुपाल्चोकका दावा फुन्जो शेर्पाले सिन्धुपाल्चोककै लाक्पा तामाङलाई पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

सान्डाकै महिला २५–३० केजीमा नुवाकोटकी सोनिया तामाङले नुवाकोटकै रोजिता तामाङ, ३०–३५ केजीमा दोलखाकी सलिना तामाङले खोताङकी मनीषा बन, ३५–४० केजीमा मोरङकी सरु धिमालले नुवाकोटकी प्रेमकुमारी तामाङ, ४०–४५ केजीमा दोलखाकी सुन्तली थामीले संखुवासभाकी दावा डोल्मा शेर्पा, ४५–५० केजीमा सिन्धुपाल्चोककी कल्पना नेपालीले सोलुखुम्बुकी फुर्वा शेर्पा, ५५–६० केजीमा दोलखाकी फूलमाया तामाङले तनहुँकी नलिना गुरुङ तथा ६०–६५ केजीमा सोलुखुम्बुकी इस्मिता मगरले नुवाकोटकी अनुष्का तिवारीलाई पन्छ्याउदै पहिलो बने ।

यु–३० पुरुषको समूहगत ताइचीमा रामेछापका सुदिप श्रेष्ठ, गोर्खाका प्रज्ज्वल कुँवर, रुपन्देहीका जीवन पुन, काठमाडौंका विवेक महर्जन, दोलखाका सुदेश फुयाल र तनहुँका अशिर्वाद गुरुङको टोली च्याम्पियन बन्यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सचिव रमेश महर्जन, ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादव, नेपाल टग अफ वार संघका अध्यक्ष भवानी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न १९ जिल्लाका २ सय १५ खेलाडीले ४५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसै प्रतियोगिताबाट सन् २०२० मा नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने विश्व कुङफु च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ ।

वैदेशिक प्रशिक्षणका लागि चीन लाने २० खेलाडीको छनोट आधार पनि यहि प्रतियोगितालाई मानिने आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

पहिलो हाफमै नेपालले खायो गोल

पहिलो हाफमै नेपालले खायो गोल

सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश