प्रिन्स डच सिरिजको अन्तिम १६ मा
शनिबार, १७ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले नेदरल्यान्ड्समा जारी डच जुनियर इन्टरनेसनल सिरिजको अन्तिम १६ मा स्थान बनाएका छन् ।
शुक्रबार राति भएको खेलमा चाइनिज ताइपेका हुङ हुवाङलाई हराउँदै प्रिन्स अन्तिम १६ मा पुगेका हुन् । प्रतिस्पर्धात्मक खेलमा प्रिन्सले हुवाङलाई १४-२१,२१-१३ र २१-१८ ले पराजित गरे ।
यस अघि पहिलो खेलमा प्रिन्सले रुसी खेलाडी अर्टुर पेचेनकिनलाई २१-१४ र २१-१३ ले हराएका थिए ।
अब प्रिन्सले प्रि क्वाटरफाइनलमा चाइनिज ताइपेइकै एचएसयु चे युसँग खेल्ने छन् ।
प्रिन्स दुई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजका लागि युरोपमा रहेका छन् ।
प्रिन्सले नेदरल्यान्ड्सको डच जुनियर इन्टरनेसनल सिरिजपछि जर्मनीको जर्मन जुनियर इन्टरनेसनल सिरिज खेल्ने छन् ।
जर्मनीको सिरिज मार्च ४ देखि ८ मार्चसम्म हुनेछ ।









-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)