अभिलाषा र नेयराको जोडी फाइनलमा
बुधबार, फागुन १४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी अभिलाषा विष्ट र श्रीलंकाकी नेयारा विरावान्साको जोडी पाकिस्तानको इस्लामाबादमा जारी जे ५ पाकिस्तान आईटीएफ जुनियर्स टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा उक्त जोडीले इरानकी डोसा चिरादी र टर्कीकी लिलुर गोन लुसेनको जोडीलाई ५–७, ७–६ (५) र १२–१० को सेटमा पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
अभिलाषा र नेयाराको जोडीले फाइनलमा बिहीबार टर्कीका मिना टोग्लुक डेमिर र लेला निलुफर एल्मासको जोडीसंग प्रतिस्पर्धा गर्ने छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)