एजेन्सी । रसियन टेनिस स्टार मारिया सारापोभाले टेनिस खेलबाट सन्यास घोषणा गरेकी छिन् ।
पाँच पटकको ग्राण्डस्लाम च्याम्पियन सारापोभाले बुधबारबाट सन्यास घोषणा गरेकी हुन् ।
सारापोभाले ३२ वर्षको उमेरमा सन्यास घोषणा गरेकी हुन् । सारापोभा पछिल्लो समय कुमको चोटबाट गुज्रिरहेकी थिइन् ।
पूर्व विश्व नम्बर एक सारापोभाले सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डन टेनिस जितेकी थिइन् ।
तर, सारापोभाले सन् २०१६ मा १५ वर्षको प्रतिबन्ध व्यहोरेकी थिइन् । प्रतिबन्धित औषधि प्रयोग गरिएको भेटिएपछि उनलाई प्रतिबन्ध गरिएको थियो ।
सारापोभा सन् १०१७ मा पुन: टेनिसमा फर्किएकी थिइन् । तर, उनले पुरानो स्तरको प्रदर्शन गर्न सकेकी थिइनन् ।