नेपाललाई विश्व जुनियर टेनिसमा स्वर्ण
आइतबार, फागुन ११, २०७६खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी आईटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको छ ।
इन्डोनेसियाको जकार्तामा नेपालले पुरुष टिम इभेन्टमा स्वर्ण जितेको हो ।
प्रतियोगिताको फाइनलमा नेपालले श्रीलंकालाई २–१ ले पराजित गर्दै स्वर्ण जितेको प्रशिक्षक कृष्णराज घलेले जानकारी गराए ।
त्यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिंगापुरलाई २–१ ले हराएको थियो ।
यू–१४ उमेरसमूहको प्रतियोगितामा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।
उपाधिसँगै नेपाल अष्ट्रेलियामा मार्चमा हुने विश्व जुनियर टेनिस प्रतियोगिताका लागि समेत छनोट भएको छ ।
दोश्रो भएको श्रीलंका पनि छनोट भयो ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)