काठमाडौं । पहिलो संस्करणको प्रकृति संरक्षण हाफ म्याराथनको उपाधि खगेन्द्र भाटले जितेका छन् ।
सेना दिवसका अवसरमा बर्दियाको ठाकुरद्धारास्थित ४ नम्बर बाहिनी अड्डाले आयोजना गरेको प्रतियोगिताको हाफ म्याराथनतर्फको उपाधि भाटले जितेका हुन् । सो स्पर्धामा जितेन्द्र दनुवार दोस्रो र सुबास कार्की तेस्रो भए ।
पहिलो भएका भाटले ५० हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएका बानियाले ३० हजार र तेस्रो भएका कार्कीले २० हजार रुपैयाँ प्राप्त गरे ।
पहिलो हुने भाटलाई मेयर घननारायण श्रेष्ठले पुरस्कार सहित प्रमाणपत्र वितरण गरे । दोस्रो हुने दनुवारलाई नम्बर ४ वाहिनी अड्डाका वाहिनीपति सुरेश कुमार बानिया र तेस्रो हुने कार्कीलाई नम्बर ४ वाहिनी अड्डाका सहायक वाहिनीपति रोशन शम्शेर राणाले प्रमाणपत्र सहित पुरस्कार वितरण गरे ।
प्रतियोगिताको १० किलो मिटर दौडमा नन्दनाथ योगी पहिलो भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे । दोस्रो भएका माधव कुमार चौधरीले १० हजार र तेस्रो भएका प्रकाश रोकायाले ५ हजार रुपैयाँ प्राप्त गरे ।
सोही स्पर्धाको महिला बिधामा शिवकुमारी थारु पहिलो, अञ्जु थारु दोस्रो र कन्चन चौधरी तेस्रो भईन् । पहिलो भएकी शिवकुमारीले १५, दोस्रो अञ्जुले १० र तेस्रो बनेकी कन्चनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, ५० बर्षमाथिको ५ किलो मिटर दौडमा पठन्या थारु पहिलो, चक्रबहादुर थारु दोस्रो र नारायण पाण्डे तेस्रो भए । विजेताले क्रमश ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्राप्त गरे ।
सेना दिवसका अवसरमा ठाकुरद्धारास्थित ४ नम्बर बाहिनीले प्रकृति संरक्षण र भ्रमण बर्षलाई प्रवद्र्धन गर्ने उद्धेश्यले दौडको आयोजना गरेको हो ।
प्रतियोगितामा जिल्लाका विभिन्न निकायका ४ सय बढी सहभागी रहेको क्यापटेन विकास कार्कीले जानकारी दिए । दौैडसंगै साईक्लिङ्गको स्पर्धा समेत सञ्चालन गरिएको थियो ।