एजेन्सी । एथलेटिक्सको पाँच किमीको दौडमा युगान्डाका धावक जोसुवा चेप्टिगीले विश्व कीर्तिमान बनाएका छन् ।
फ्रान्सको मोनाकोमा आइतबार १२ मिनेट ५१ सेकेण्डको समय निकाल्दै जोसुवाले कीर्तिमान बनाएका हुन् ।
उनले केन्याका धावक रोनेक्स किप्रटोले बनाएको कीर्तिमानलाई २७ सेकेण्डले पछि बनाए ।
जोसुवाले गत अक्टोबरमा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा १० हजार मिटरमा स्वर्ण जितेका थिए ।