काठमाडौं । नवौं संस्करणको हिमालयन आउटडोर फेस्टिभल अन्तर्गत राइडको डाउनहिलतर्फको उपाधि राजेश मगरले जितेका छन् ।
फर्पिङस्थित हात्तीवन हिलमा राजेशले निर्धारित दुरी २ मिनेट ३१.८१ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारेका हुन् ।
यस्तै २ मिनेट ३२.३६ सेकेण्डको समयसहित माटेज चार्भेट दोस्रो भए । सुमन तामाङ २ मिनेट ४५.९३ सेकेण्डसहित तेस्रो भए ।
ओपन क्रस कन्ट्रीको उपाधि कोरी वाल्लसले जिते । बुद्धि बहादुर तामाङ दोस्रो र ओकेश बज्राचार्य तेस्रो भए ।
क्रस कन्ट्री ओलम्पिकको महिलातर्फ अन्ना ग्रीफिन, लिन स्चेनीडर र मिङमा यांजी शेर्पा क्रमशः पहिलो, दोस्रो र तेस्रो भईन् । पुरुषतर्फ मण्डेल प्रधान, दिपेन्द्र बज्राचार्य र विकाश महर्जन शीर्ष तीनमा रहे ।
किड्स एमटिबीतर्फ आर्यन लामा, सुयोग मान सिंह बस्न्यात र अभिलोकिट शेरचन क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । २ किमिको किड्स रनमा युभन बोहरा, माय्लेस डोलब्लाण्ड र अर्हान बास्कोटा शीर्ष तीनमा रहे ।
हिमालयन आउटडोर फेस्टिभलले आयोजना गरेको फेस्टिभलमा तीन विधा (राइड, रक र दौड) समावेश गरिएको थियो ।