काठमाडौं । किङकम स्पोर्ट्स क्लबको आयोजनामा १० औं बविन स्मृति ब्याडमिन्टन प्रतियोगिता फागुन ९ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुष डबल्स र भेट्रान डबल्समा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पुरुष डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउने छन् ।
भेट्रानमा पहिलो हुनेले २० हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार नगद पुरस्कार हात पार्ने छन् ।
फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भीमसेनगोला मार्गस्थित कृष्ण मन्दिरको परिसरमा हुने छ ।