टेनिस टोली इन्डोनेसियातर्फ
शुक्रबार, फागुन २, २०७६खेलपाटी संवाददाता
काठमाडौं । आईटीएफ वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेको छ ।
आरभसम्राट हाडा, अकी जुवेन रावत, प्रणव मानन्धर, शुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र इभा अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा कृष्णराज घले छन् ।
टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुललगायतका पदाधिकारीले सातदोबाटोमा शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
यू–१४ उमेरसमूह यो प्रतियोगिता फेब्रुअरी १७ देखि २२ तारिखसम्म चल्नेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)







-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)