काठमाडौं । आईटीएफ जुनियर्स जे–५ टेनिस च्याम्पियनसिपको सर्किट १ अन्तर्गत मंगलबार नेपालका दुई जोडी महिला डबल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नेपालका अभिलाषा विष्ट र इरा रावतको जोडीले भारतकी मार्यम सेराज र नेपालकी रायना शाहको जोडीलाई ७–६(६) र ६–२ तथा नेपालका प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले भारतकी सताभिसा घोष र नेपालकी प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।
पुरुष÷महिला सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ । दोश्रो दिन मंगलबारको खेल सकिँदा प्रतियोगितामा समावेश पुरुष÷महिला सिंगल्स र डबल्स चारै स्पर्धामा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।