काठमाडौं । वीर गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता फागुनमा आयोजना हुने भएको छ ।
आयोजक रुट्स फेसन प्रालिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २४ गते शनिबार हुने जनाएको छ ।
प्रतियोगितामा ५ सय खेलाडीहरुको सहभागी हुने आयोजक प्रबन्धक निर्देशक सन्जीब तुलाधरले जानकारी गराए l
रोड रेसको महिला र पुरुषतर्फको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाचौले ५ हजार पाउने छन् l यस्तै छैटौ देखि दशौँसम्मलाई समान ४/४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ l
दौड एडिडास शोरुम दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक,रत्नपार्क, भद्रकाली,शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल,लैनचौर, लाजिम्पाट, महाराजगन्ज,शिवपुरी स्कुल,बालुवाटार, भाटभटेनी,टंगाल, वालमन्दिर,पुलिस हेडक्वाटर,गौरीधारा,राजदरबार उत्तर पूर्वमोड,नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुन: एडिडास स्वरूम दरबार मार्गमा समापन हुनेछ l
प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख खर्च हुने रुट्स फेसनका प्रालिका निर्देशक राजीव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालका चर्चित खेलाडीको सहभागिता रहने छ । लामो दूरीका खेलाडीलाई निखार्ने काम गर्ने भएकाले १० किलोमिटर दौड आयोजना गरिएको रेस डाइरेक्टर सुशील नरसिंह राणले जानकारी दिए ।
यसअघि सन् २०१४ मा पहिलो संस्करण आयोजना गरेको रुट्स फेसनले आगामी संस्करणलाई निरन्तरता दिने जनाएको छ ।