काठमाडौं । नेपालका आर्यन गिरी, अभिलाषा विष्ट, प्रेरणा कोइराला र इरा रावतले काठमाडौं आईटीएफ जुनियर्स जे– ५, २०२० टेनिस च्याम्पियनसिपको सर्किट १ मा सोमबार विजयी सुरुआत गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्समा आर्यनले जर्मनीका पाउल अर्मिन अल्ब्रेच्टलाई ७–६ (२) र ६–३ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धामा भारतका हिरक भोरा, वंश भगातनी, आदित्य वर्दान रोय, अनर्घ गांगुली, कार्तिक सक्सेना र दक्ष प्रसाद, फ्रान्सका लुकास फन्थला, मलेसियाका क्रिस्टियन अन्द्रे सेङ लिउ, भारतका युभन मण्डल, मलेसियाका हाइडेन खु मेनन, भारतका ध्रुभ ताङग्री र कृषन हुडा, अमेरिकाका निखिल निरञ्जन तथा भारतका अमन दहिया र तोरस रावत पनि विजयी भए ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी राज्वी पन्चललाई ६–० र ६–१, प्रेरणाले भारतकी श्रेया सुधिरा भाटलाई ६–१ र ६–२ तथा इराले जापानकी रिना तानाकालाई ६–४ र ६–१ को सीधा सेटमा हराए ।
त्यसै स्पर्धामा भारतकी श्रृष्टि धिर, अस्ट्रलेयाकी इनेस फल्टिङगर, हङकङकी इरिका कन्ना हगी, भारतकी इलिना झा र रिया उबोभेजा, चीनकी जिङतोङ झाव, सिंगापुरकी डिनी छु तथा भारतका गार्गी पवार र हेट्भी चौधरीले सफलता पाए ।
प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ समान ३२–३२ खेलाडीको सहभागिता रहेको टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बुल्गेरिया, अमेरिका, थाइल्यान्ड, भियतनाम, केन्या, जर्मनी, मलेसिया, चीन, जापान, फ्रान्स, साइबेरिया, सिंगापुर, अस्ट्रेलिया र हङकङका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
शुक्रबारसम्म चल्ने प्रतियोगितामा ब्वाइज÷गल्र्समा सिंगल्स र डबल्स स्पर्धा समावेश छन् ।