एजेन्सी । रोमानियाकी सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा बुधबार भएको खेलमा अनेट्ट कोनटाभेइटलाई हराएर हालेप अन्तिम चारमा पुगेकी हुन् ।
चौंथो वरियताकी हालेपले कोनटाभेइटलाई ६-१ र ६-१ को सेटमा पराजित गरिन् ।
अब हालेपले गार्बिन मुगुरुजा र अनास्टासियाबीचको विजेतासँग खेल्ने छिन् ।