एजेन्सी । रोमानियाकी सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा सोमबार भएको खेलमा एलिसा मेर्टेन्सलाई हराएर हालेप अन्तिम आठमा पुगेकी हुन् ।
चौंथो वरियताकी हालेपले मेर्टेन्सलाई ६-४ र ६-४ को सेटमा पराजित गरिन् ।
अब हालेपले अनेट्ट कोनटाभेइटसँग खेल्ने छिन् ।
स्पेनिसकी गार्बिन मुगुरुजाले पनि अन्तिम आठमा स्थान पक्का गरेकी छिन् । मुगुरुजाले किकी बेर्टेन्सलाई ६-३ र ६-३ ले पराजित गरिन् ।
पुरुषतर्फ डोमिनिक थिमले अन्तिम आठमा स्थान पक्का गरेका छन् । उनले मोनफिल्सलाई ६-२,६-४ र ६-४ को सेटमा हराए ।