एजेन्सी । साविक विजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा आइतबार भएको चौंथो चरणमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई हराएर जोकोभिक अन्तिम आठमा पुगेका हुन् ।
दोस्रो वरियताका जोकोभिकले डिएगोलाई ६-३,६-४ र ६-४ को सेटमा हराए ।
जोकोभिक ११ औं पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पुगेका हुन् ।
अब सर्बियन जोकोभिकले अन्तिम आठमा मिलोस राओनिकसँग खेल्ने छन् ।
राओनिकले मारिन सिलिकलाई ६-४, ६-३ र ७-५ को सेटमा हराएर क्वाटरफाइनलमा पुगेका हुन् ।