एजेन्सी । सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन् ।
मेलबर्नमा शनिबार भएको तेस्रो चरणमा युलिया पुटिन्टसेभालाई हराएर हालेप चौंथो चरणमा पुगेकी हुन् ।
रोमानियाकी चौंथो वरियताकी हालेपले युलियालाई ६-१ र ६-४ को सेटमा पराजित गरिन् ।
दोस्रो वरियताकी कारोलोना प्लिसकोभा भने तेस्रो चरणबाट बाहिरिएकी छिन् ।
मेलबर्नमा शनिबार रुसी खेलाडी अनास्टासिया पाभ्ल्युचेनकोभासँग पराजित हुँदै कारोलिना प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
३० औं वरियताकी कारोलिना अनास्टासियासँग ७-६ (७-४) र ७-६ (७-३) को सेटमा पराजित भईन् ।