नाडाल अष्ट्रेलियन ओपनको तेस्रो चरणमा
बिहिबार, माघ ९, २०७६खेलपाटी संवाददाता
एजेन्सी । विश्व नम्बर एक राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बिहिबार भएको दोस्रो चरणमा अर्जेन्टिनाका फेड्रिको डेल्बोनिसलाई हराउँदै नाडाल तेस्रो चरणमा पुगेका हुन् ।
नाडालले फेड्रिकोमाथि ६-३, ७-६(७-४) र ६-१ को सेटमा पराजित गरे ।
यस्तै १५ औं वरियताका स्टान वावारिन्काले आन्द्रियास सेप्पीलाई हराएर तेस्रो चरणमा पुगेका छन् ।
महिलातर्फ सिमोना हालेप तेस्रो चरणमा पुगेकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)









