एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बुधबार भएको खेलमा सर्बियाका फिलिप क्राजिनोभिकलाई हराएर फेडेररले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् ।
३८ वर्षे फेडेररले फिलिपलाई ६-१, ६-४ र ६-१ को सेटमा हराए ।
अब फेडेररले तेस्रो चरणमा अष्ट्रेलियाका जोन मिल्मानसँग खेल्ने छन् ।
महिलातर्फ साविक विजेता जापानी खेलाडी नोआमी ओसाकाले तेस्रो चरणमा स्थान बनाएकी छिन् ।
यस्तै विश्व नम्बर एक एस्लेइघ बार्टीले पनि अन्तिम ३२ को यात्रा तय गरेकी छिन् ।