एजेन्सी । साविक विजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बुधबार भएको दोस्रो चरणमा जापानका तात्सुमा इटोलाई हराएर जोकोभिक तेस्रो चरणमा पुगेका हुन् ।
सर्बियन जोकोभिकले वाइल्डकार्ड तात्सुमालाई ६-१, ६-४ र ६-२ को सेटमा पराजित गरे ।
१७ पटकको ग्राण्डस्लाम विजेता जोकोभिकले तेस्रो चरणमा जापानकै योशिहितो निशिओकासँग खेल्ने छन् ।
यस्तै छैटौं वरियताका स्टेफानोस पनि अन्तिम ३२ मा पुगेका छन् । दोस्रो चरणमा उनका प्रतिद्वन्द्वी फिलिपे चोटको कारण नखेलेपछि स्टेफानोस तेस्रो चरणमा पुगेका हुन् ।