एजेन्सी । ब्रिटिश नम्बर एक महिला टेनिस खेलाडी जोहन्ना कोन्टा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् ।
मेलबर्न पार्कमा मंगलबार भएको खेलमा कोन्टा ट्युनिसियाका ओन्स जाबेउरसँग पराजित भईन् ।
विश्व वरियतामा १२ औं स्थानकी कोन्टालाई ७८ औं वरियताकी जाबेउरले ६-४ र ६-२ को सेटमा पराजित गरिन् ।
घुँडाको चोटको कारण पछिल्लो समय कोर्ट बाहिर रहदै आएकी कोन्टाको यो पछिल्लो पाँच महिना भित्र दोस्रो खेल हो ।