काठमाडौं । ब्याडमिन्टनको युवा स्टार प्रिन्स दाहाल विश्व वरियताको ११ औ स्थानमा अटाउन सफल भएका छन् ।
गत मंगलबारमात्र विश्व वरियतामा छलाङ मार्दै १४ औं स्थानमा उक्लिएका प्रिन्सले ३ स्थान सुधार गर्दै ११ औं स्थानमा अटाएका हुन् ।
प्रिन्सले प्राप्त गरेको वरियता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो ।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)ले मंगलबार सार्वजनीक गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा छन् ।
विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ यू–१९ र सिनियरतर्फ गरि दुई स्पर्धामा वरियता सार्वजनीक गर्दै आएको छ ।
सार्वजनीक वरियतामा प्रिन्सले शीर्ष १० भित्र पर्ने लक्ष्य राखेका थिए ।
तर काठमाडौंमा यसै साता सम्पन्न प्रेसिडेन्ट कप नेपाल ईन्टरनेश्नलमा प्रिन्स फाईनलमा पराजित भएका थिए ।
पुरुष एकल स्पर्धामा प्रिन्स भारतका मिरबा लुवाङ्गसंग २–१ को सेटमा पराजित भएका थिए ।
प्रिन्स नेपाली ब्याडमिन्टनका युवा स्टार हुन् । युवा अवस्थामै उनले राष्ट्रिय र अन्तराष्ट्रिय ब्याडमिन्टनमा प्रभाव जमाउँदै विश्व वरियतामा फड्को मार्दै आईरहेका छन् ।