काठमाडौं । एपीएफ क्लबकी सरस्वती चौधरी तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सर्वोकृष्ट खेलाडी चुनिएकी छिन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार एपीएफलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी सरस्वती सर्वोकृष्ट चुनिएकी हुन् ।
सर्वोकृष्ट चुनिएसँगै सरस्वतीले २१ हजार १ सय प्राप्त गरिन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर न्यु डाइमण्डकी प्रतिभा माली, ब्लकर हिरा केसी, क्विकर कोपिला राना, सेटर अरुणा शाही,सर्भर सरस्वती चौधरी, डिफेन्डर सलिना श्रेष्ठ र प्रशिक्षक महेश चौधरी चुनिए ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनाहरी ७ हजार १ सय १ प्राप्त गरे ।