काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो ।
आर्मीविरुद्ध पुलिसले २५-२२, २५-९ र २५-१२ को सेटमा जित निकाल्यो ।
तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया प्राप्त गरेको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताको फाइनलमा भने आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टिम एपीएफ क्लब भिड्ने छन् । फाइनल खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।