काठमाडौं । साविक विजेता एपीएफ तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
शनिबार भएको विभागीय डर्बीमा पुलिसलाई सोझो सेटमा हराउँदै एपीएफ फाईनल प्रवेश गरेको हो ।
एकतर्फी जित निकाल्ने क्रममा एपीएफले पुलिसलाई २५–१४, २५–१८ र २५–१७ को सेटमा पराजित गर्यो ।
एपीएफ समूह एको विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । पुलिस समूह बीको उपविजेताको रुपमा सेमिफाईलन पुगेको थियो ।
एपीएफविरुद्व उत्कृष्ट प्रर्दशन गर्ने पुलिसकी उषा भण्डारीले दर्शकबाट २१ सय रुपैयाँ प्राप्त गरिन् ।
उनलाई सितपाईला बस्ने कुमार कुँवरले व्यक्तिगत रुपमा सो पुरस्कार रकम उपलब्ध गराएका थिए ।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ ।
तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।