अष्ट्रेलियन ओपन निर्धारित मितिमै हुने
मंगलबार, पुष २२, २०७६खेलपाटी संवाददाता

एजेन्सी । वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपन निर्धारित मितिमै आयोजना हुने भएको छन् ।
अष्ट्रेलियामा भईरहेको भिषण आगलागी (बुशफायर) को कारण प्रतियोगिता नसर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अर्को हप्ता जनवरी १४ बाट मेलबर्नमा सुरु हुनेछ । प्रतियोगिताको छनोट चरण भने मंगलबारबाट सुरु भएको छ ।
बुशफायरको कारण अष्ट्रेलियामा कम्तिमा २४ मानिसको ज्यान जानुका साथै हजारौं जीवजन्तुको मरेको छ । बुशफायर नियन्त्रणका लागि अष्ट्रेलियाले प्रयास गरिरहे पनि पूर्ण रुपमा नियन्त्रणमा आउँ सकेको छैन ।






1686853912-1760864621059.avif&w=3840&q=75)









