काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले विश्व वरियतामा छलाङ मारेका छन् ।
ब्याडमिन्टनको सर्वोच्च निकाय विश्व व्याडमिन्टन महासंघले मंगलबार सार्वजनीक गरेको जुनियरतर्फकाे वरियतामा प्रिन्स १४ औं स्थानमा अटाएका छन् ।
प्रिन्सले प्राप्त गरेको वरियता अहिलेसम्मकै सर्वाधिक उच्च हो ।
यसअघि उनी विश्व वरियताको ३२ औं नम्बरमा थिए । सो वरियता समेत नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको सर्वाधिक उच्च थियो ।
विश्व ब्याडमिन्टन महासंघले पूरुषतर्फ यू–१९ र सिनियर गरि दुई विधामा वरियता सार्वजनीक गर्ने गर्छ । प्रिन्स जुनियरतर्फको विश्व वरियतामा माथि उक्लिन सफल भएका हुन् ।
ब्याडमिन्टनका युवा स्टार प्रिन्सले सानै उमेर राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् ।
दुबई जुयिनर ईन्टरनेश्नल सिरिजमा प्रिन्सले फाईनलमा हराएका भारतका वरुण कपुर विश्व वरियताको चौथो नम्बरमा छन् ।