एजेन्सी । ब्रिटिश खेलाडी एन्डी मर्रेले अष्ट्रेलियन ओपन टेनिस गुमाउने भएका छन् ।
कम्मरको चोटको कारण तीन पटकको ग्राण्डस्लाम च्याम्पियन मर्रेले अष्ट्रेलियन ओपन नखेल्ने भएका हुन् ।
अष्ट्रेलियन ओपन जनवरी २० देखि फेब्रुवरी ३ सम्म मेलबर्नमा हुनेछ । ३२ वर्षीय मर्रेले ११ महिना अघि हिपको शल्यक्रिया गरेका थिए ।
अष्ट्रेलियन ओपनसँगै मर्रेले एटीपी कप समेत गुमाउने भएका छन् ।
पूर्व विश्व नम्बर एक मर्रे आगामी फेब्रुवरीसम्म कोर्टमा उत्रने छैनन् ।