काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'ए' लिगमा टिकट किनेर हेर्ने दर्शकका लागि आकर्षक पुरस्कारको घोषणा गरेको छ ।
एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै दर्शकको लागि आकर्षक उपहारको घोषणा गरेको हो । एन्फाले बुधबारबाट सुरु हुने तेस्रो चरणको खेलबाट पुरस्कार लागु हुने जनाएको छ ।
एन्फाले पुरस्कार दुई किसिमको राखेको छ । एन्फाले हरेक चरणको समाप्तिपछि र लिग सकिएपछि विजेतालाई पुरस्कृत गर्नेछ ।
हरेक चरणमा एन्फाले २ सयको टिकट काट्ने २० दर्शकलाई आकर्षक पुरस्कार र ५ सयको टिकट काट्ने पाँच दर्शकलाई नेपालको जर्सी प्रदान गरिने जनाएको छ ।
यस्तै लिग सकिएपछि २ सय र ५ सयको टिकट काट्ने एक एक जना भाग्यशाली दर्शकलाई नेपालको राष्ट्रिय टिमसँग विदेश भ्रमणको अवसर प्रदान गरिने जनाएको छ ।
२ सयको टिकटमा १० र ५ सयको टिकटमा १५ जनालाई विश्वकप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीच हुने खेलका लागि भिआइपी प्यारापिटको टिकट प्रदान गरिने एन्फाले जनाएको छ ।
२ सयको टिकटमा १० र ५ सयको टिकटमा १५ जनालाई विश्वकप छनोट अन्तर्गत नेपाल र चाईनिज ताइपेसँगको खेलका लागि भिआइपी प्यारापिटको टिकट प्रदान गरिने छ ।
२ सयको टिकटमा ५० र ५ सयको टिकटमा १०० जनालाई विश्वकप छनोट अन्तर्गत नेपाल र चाईनिज ताइपे तथा अष्ट्रेलियासँगको खेलका लागि सामान्य प्यारापिटको टिकट प्रदान गरिने छ ।
लिग निर्देशक सञ्जिव मिश्रले लामो समयको अन्तरपछि दशरथ रंगशालामा दर्शक नआउँदा पुरस्कार प्याकेज घोषणा गर्नुपरेको बताए ।
‘साग खेलकुद लगत्तै लिग गर्नुपर्यो । प्रचारका लागि समय समेत पाएनौ । सोही कारण दर्शक आउन नसकेको हुन भन्ने लागेको छ ।’ उनले भने ।
उनले उपहार घोषणापछि दर्शकको उपस्थित बढ्ने अपेक्षा एन्फाले लिएको बताए ।
एन्फा उपाध्यक्ष विरबहादुर खड्काले फुटबललाई पुरानै रुपमा सञ्चालन गर्न नसकिने बिषयमा आफुहरु प्रष्ट रहेको बताए ।
फुटबलमा विस्तारै आकर्षण बढाउँदै लैजानुको विकल्प नरहेको भन्दै एन्फाले त्यसतर्फ ध्यान दिने बताए ।
एन्फाको प्रेस विज्ञप्ति :