काठमाडौं । सुनिरा थापाले सत्रौं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१२ गर्ल्स सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् ।
फाइनलमा सुनिराले इभा अधिकारीलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरिन् ।
यु–१० गर्ल्स सिंगल्स फाइनलमा समृद्धि महर्जनले प्राज्णा मानन्धरलाई ७–५ र ६–३ को सीधा सेटमा हराउदै पहिलो भइन् । सोही स्पर्धाको ब्वाइजमा बोरिस अधिकारीले निशाद जोशीलाई फाइनलमा ७–५ र ६–२ ले पाखा लगाउदै पहिलो स्थान हात पारे ।
मिक्स डबल्सको उपाधि अकी जुवेन रावत र शुभाङ्गीलक्ष्मी शाहको जोडीले जिते । अकी र शुभाङ्गीको जोडीले इशाश्री शाह र चिराग तिमिल्सिनाको जोडीलाई ६–४ र ७–६ ले पन्छाए ।