काठमाडौं । १३ औं संस्करणको काठमाडौं म्याराथन अन्तर्गत पाँच किमीको खुल्ला दौडको उपाधि अजित कुमार यादव र सरस्वती भट्टराईले जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको पाँच किमी दौडमा पुरुषमा अजित र महिलामा सरस्वती पहिलो भएका हुन् ।
एपीएफका अजितले निर्धारित दुरी १७ मिनेट १९.९१ सेकेण्डमा पुरा गरे ।
आर्मीका गजेन्द्र राई १७ मिनेट ३०.६३ सेकेण्डको समयसहित दोस्रो हुँदा आर्मीकै शिब बहादुर राइमाझी १७ मिनेट ५३.२२ सेकेण्डको समयसहित तेस्रो भए ।
महिलातर्फ आर्मीककी सरस्वतीले २२ मिनेट ३.४१ सेकेण्डको समय निकालिन । पुलिसकी बिर्सना कुमाल २३ मिनेट ९.३० सेकण्डसहित दोस्रो र काजल बिष्ट २३ मिनेट ३१.१० सेकेण्डसहित तेस्रो भईन् ।
५ किमिको खुल्ला दौडको विजेताले १० हजार, दोस्रोले ६ हजार र तेस्रोलाई ४ हजार प्राप्त गरे ।
पुरुष व्हिलचियर दौडमा कृष्ण राज चौधरी पहिलो, सन्देश चौधरी दोस्रो र बिर बहादुर दाहाल तेस्रो भए ।
महिलातर्फ समी झाक्री पहिलो, सर्मिला थोकर दोस्रो र ज्वती अर्याल तेस्रो भईन् ।
३ किमीको ह्वीलचेयर दौडको विजेताले ५ हजार, दोस्रोले ३ र तेस्रोले २ हजार प्राप्त गरे ।