धनगढी । पहिलो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको छ ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीको आयोजनामा पुस १५ गते प्रदान गरिने अवार्डको स्पेशल अवार्ड विधालाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गरेको हो ।
माया मेट्रो हस्पिटलका अध्यक्ष धिरेन्द्र सावद र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य शंकर बोहराले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै अवार्डमा दिईने ६ वटा विधा मध्येको स्पेशल अवार्डको नाम माया मेट्रो हस्पिटल स्पेशल अवार्ड हुनेछ ।
पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।