काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले म्याराथनको वर्कसप आयोजना गरेको छ । सन् २०२० को ओलम्पिक खेलकुदलाई मध्यनजर गर्दै एनओसीले शनिबार म्याराथनको वर्कसप आयोजना गरेको हो ।
लगनखेलस्थित नेपाली सेनाको सैनिक खेलकुद तथा शारिरीक तालिम केन्द्रमा भएको वर्कसपमा जापानकी ओलम्पियन धाविका युरिका नाकामुराले प्रशिक्षण दिएकी थिइन् । जसमा नेपालका लामो दुरीका खेलाडी तथा प्रशिक्षकहरु सहभागी भएका थिए । उनीहरुलाई नाकामुराले शारीरिक तथा विविध ब्यबस्थापनबारे जानकारी गराएकी थिइन् । नाकामुराले सन् २००८ को बेईजिङ ओलम्पिक खेलेकी थिइन् ।
नाकामुराले सन् २०२० को टोकियो ओलम्पिक खेलकुदलाई लक्षित गरेर नेपाली प्रशिक्षण दिएकी हुन् । टोकियो ओलम्पिकको लागि एनओसीसंगले जापानको फुकुसिमाको तामुरा सिटीसंग गरेको सम्झौता अनुसार नाकामुराले प्रशिक्षण दिएकी हुन् ।