शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रधानमन्त्रीको ‘कन्फ्युज’ प्याकेज !

बिहिबार, २६ मंसिर २०७६खेलपाटी संवाददाता
प्रधानमन्त्रीको ‘कन्फ्युज’ प्याकेज !

खेलाडीलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधामन्त्री । फोटो : प्रधामन्त्रीको सचिवालय

Loading ad...
mustang rice ad

काठमाडौं । साग सकिएको भालीपल्टै प्रधानमन्त्रीले पदक विजेता खेलाडीलाई बालुवाटार बोलाए । पदक जितेका खेलाडीको हौसला बढाउन उनले सबै पदक विजेता खेलाडी तथा खेल संघका पदाधिकारीलाई बालुवाटार डाकेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री सार्वजनीक कार्यक्रममा देखिएका छैनन् । पेटको शल्यक्रिया सकेर आराम गरिरहेका उनलाई संक्रमण हुने डर छ । सोही कारण बुधबार उनले खेलाडी तथा अफिसियलसंग हात पनि मिलाएनन् । बेग्लै कुर्सीमा बसेर पदक विजेता खेलाडीलाई सम्बोधन गरे, फोटो खिचाए ।

उनको खेलाडीलाई बालुवाटार बोलाउने अर्को खास कारण ‘सरप्राईज’ प्याकेजको घोषणा गर्न थियो ।

हुन त उनी सागको उद्घाटन अघिनै खेलाडीलाई विशेष सम्बोधन गरेर प्याकेज घोषणा गर्न चाहन्थे । तर पेटको शल्यक्रियाले उनी कार्यक्रममा सहभागी हुन सकेनन् ।

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई कार्यक्रममा पठाए । प्रधानमन्त्रीबाट कुनै संकेत नपाएका अर्थमन्त्रीले सम्बोधन त गरे, तर प्याकेज घोषणा गर्न सकेनन् ।

बिरामीकै कारण प्रधानमन्त्रीले सागको उद्घाटन देख्न पाएनन् । अस्पतालको बेडबाटै सागको उद्घाटन हेरेर बसे । प्रधानमन्त्रीलाई समापनमा ल्याउन खेलकुद मन्त्रालय र राखेपले हरसम्भव प्रयास गरे ।

सोही कार्यक्रमबाट विशेष प्याकेज घोषणा गर्ने तयारी थियो । तर भर्खरै सल्यक्रिया सकेका प्रधानमन्त्रीलाई संक्रमणको डर छ । सोही कारण उनी समापनमा समेत उपस्थित हुन सकेनन् । समापन समारोहमा उनको भिडियो सन्देश देखाईएको थियो ।

लगत्तै भोलीपल्ट प्रधानमन्त्रीले खेलाडीलाई विशेष सम्बोधन गर्न बालुवाटार डाकेका थिए । करिब आधा घण्टा सम्बोधन गरेका उनले नेपालको ईतिहासदेखि नेपाली खेलकुदको चर्चा गरेका थिए । कीर्तिमानी पौडीबाज गौरिका सिंहलाई आफुपनि ‘स्विमर’ भएको जानकारी गराउन भ्याए । सम्बोधनको समापन गर्दै ठट्यौली पारामा खेलाडीलाई चिया, खाज सोधे । तर खेलाडी विशेष प्याकेज सुन्न चाहन्थे ।

अनि उनले सरकारकातर्फबाट बिशेष प्याकेज घोषणा गरे ।

उनले व्यक्तिगत स्पर्धामा कास्य जित्ने खेलाडीबाट पुरस्कार रकमको घोषणा गरे । उनले कास्यधारी खेलाडीलाई चार लाख दिने बताए । हल तालीले गुन्जयमान बन्यो । रजतलाई ६ लाख घोषणा गरे । अनि स्वर्णकारी खेलाडीलाई ९ लाख दिने बताए । लगत्तै उनले एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले रकम पाउने उद्घोष गरे ।

सबैभन्दा ठुलो कन्फ्युजन एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले पाउने पुरस्कारमा देखियो ।

प्रधानमन्त्रीले ११ लाखका दरले घोषणा गरे । तर सदस्य सचिव रमेश सिलवालले जति स्वर्ण जितेपनि ११ लाख खेलाडीले पाउने जानकारी गराए ।

‘राज्यको ढुकुटीले प्रति स्वर्ण ११ लाख दिन सक्दैन ।’ पत्रकारसंग उनी भन्दै थिए ।

यसअघि सरकारले १२ औ सागको स्वर्ण विजेतालाई ५ लाख, रजतलाई ३ लाख र कास्यलाई २ लाख दिएको थियो । यसपटक पुरस्कार राशीमा झण्डै दोब्बरले वृद्धि गर्दै सरकारले पुरस्कार रकम घोषण गर्यो ।

प्रधानमन्त्री पुरस्कार घोषणमा अघि बढ्दै गए । उनले टिम ईभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई ५ लाख घोषणा गरे । तर रजत र कास्यको पुरस्कार राशीमा अड्किए । केही बेर मञ्चै अन्यौलता देखियो । कार्यक्रम केहीबेर रोकियो । प्रधानमन्त्रीले नमिलेका कुरा पछि मिलाउने भन्दै कार्यक्रमलाई अन्त्य गर्न लागे । उनले टिम ईभेन्टमा रजत र कास्य जित्ने खेलाडीले पाउने पुरस्कारको घोषणा गर्न सकेनन् ।

यसअघि १२ औं सागको टिम ईभेन्टका स्वर्ण विजेताले ३ लाख, रजतले २ र कास्यले १ लाख पाएका थिए ।

प्रधानमन्त्रीको बिशेष प्याकेज सुन्न बालुवाटार पुगेका टिम ईभेन्ट्सका खेलाडी निशाश बने । फुटबलमा स्वर्ण जितेका खेलाडीलाई प्रधानमन्त्रीको सम्बोधनले चित्त बुझेन ।

उनीहरुले चित्त दुखाए । अरु रजत र कास्य जित्ने खेलाडीले पुरस्कार समान हुनुपर्ने भन्दै सदस्य सचिवसंग गुनासोनै गरे ।

खेलाडीमा देखिएको पुरस्कारको अन्यौलता न त सदस्य सचिवले प्रष्ट पार्न सके, न त खेलकुद मन्त्रीले बुझाउन सके ।

तयारी बिना गरिएको सम्बोधनले खेलाडीलाई निराशमात्र बनायो । विशेष प्याकेज भनेर हल्ला गरिएपनि सरकार पदक विजेता खेलाडीलाई दिने पुरस्कारमा स्पष्ट रैनछ भन्ने देखायो ।

अब के हुन्छ त ?

खेलकुद मन्त्री जगत विश्वकर्माका अनुसार प्रधानमन्त्रीको सम्बोधन अनुसार खेलाडीले पुरस्कार पाउने बताउँछन् । उनले पुरस्कार रकममा कुनै अन्यौलता नदेखिएको भन्दै प्रधानमन्त्रीको घोषणा अनुसार कार्यविधि बन्ने बताए ।

'खेलाडीलाई उत्साही गरौ भनेर प्रधानमन्त्रीबाट घोषणा भएको हो । छुटेका बिषय कार्यविधिमा समावेश हुन्छ । प्रधानमन्त्रीको सम्बोधनलाई कार्यविधिमार्फत मन्त्रीपरिषद्ले पारित गर्नेछ ।' उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

दक्षिण कोरियाले रेफ्रीलाई यौन सेवा दिएको खुलासा

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत

ब्राजिलसँग सबै शक्ति लगाउन चाहन्छ भारत