काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का स्वर्ण पदक विजेता खेलाडीलाई जनही २५ लाख रुपैयाँ दिन सरकारसंग माग गरेको छ ।
बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै तरुण दलले देशको ईज्जत बचाउन महत्वपुर्ण भुमिका खेल्ने खेलाडीलाई धन्यवाद दिदै सागका स्वर्ण विजेतालाई २५ लाख, रजत विजेतालाई १५ लाख र कास्य पदक विजेतालाई १० लाख रुपैयाँ दिन माग गरेको हो ।
तरुण दलले साग खेलकुदको रकमबाट मन्त्रीहरुलाई दौरा सुरुवाल खरीद गर्नुले देशकै बदनाम भएको ठहर गर्दै खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिने, पुरानो नीजि साईकलबाट प्रतिस्पर्धामा भाग लिन बाध्य पारेर निन्दनीय कार्य गरेको आराप लगाएको छ ।
तरुण दलले साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टचार भएको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न जोडदार माग गरेको छ ।