काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बास्केटबलमा नेपालले रजत पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको फाइनलमा भारतसंग पराजित हुँदै नेपालले रजत जितेको छ ।
पहिलो पटक फाइनल पुगेको नेपाल भारतसंग १२७-४६ ले पराजित भयो । नेपालका लागि अनुषा मल्लले सर्वाधिक १७ स्कोर गरिन् ।
नेपालले महिला बास्केटबलमा पहिलो पटक रजत जितेको हो ।
महिलातर्फ माल्दिभ्सले भुटानलाई हराएर कास्य जित्यो ।
पुरुषतर्फको स्वर्ण भारतले जित्यो । भारतले श्रीलंकालाई १०१-६२ ले हरायो ।
पुरुषतर्फ नेपालले बंगलादेशलाई हराएर कास्य प्राप्त गर्यो ।