काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार बंगलादेशलाई ८१-५९ ले पराजित गर्दै कास्य जितेको हो ।
पुरुषको स्वर्णमा भने भारत र श्रीलंकाबीच खेल हुनेछ ।
यस्तै महिलातर्फको उपाधिका लागि नेपाल र भुटानबीच खेल हुनेछ ।