काठमाडौं । १३ औं साग अन्तर्गत टेनिसका सबै स्वर्ण भारतले जितेको छ ।
पुरुष सिंगल्स, महिला सिंगल्स, पुरुष डबल्स, महिला डबल्स, मिक्स्ड डबल्स, पुरुष टिम इभेन्ट र महिला टिम इभेन्ट समावेश टेनिसका सबै स्वर्ण भारतले जित्यो ।
टेनिसमा भारतले पाँच रजत जित्यो भने श्रीलंका र पाकिस्ताले पनि एक रजत पदक हात पारे ।
नेपालले पाँच कास्य पदक जित्दा पाकिस्तानले ६ तथा भुटानले एक कास्य हात पार्यो । टेनिसका अन्तिम दिन भएका महिलातर्फको फाइनलमा भारतकी श्रब्याभावि सेट्टीलाई हराउँदै सत्विका समाले स्वर्ण पदक जितिन् ।
प्रतिष्पर्धात्मक खेलको पहिलो सेटमा भाविसेट्टी ४–६ ले विजयी भएकी थिइन् । दोस्रो सेटमा समाले ६–२ को जित हात पारिन् । अन्तिम सेट ६–५ मा पुगेको अवस्थामा भाविसेट्टीले खेल त्यागेपछि समाले स्वर्ण पदक जितिन् ।
पुरुषतर्फको फाइनलमा मनिष सुरेस कुमारले साकेथ साई मिनेनीलाई ६–४, ७–६(६) ले हराएर स्वर्ण पदकजिते ।