काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार नेपालले भुटानमाथि ८७–४६ को सहज जित दर्ता गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । नेपालकी अनुषा मल्लले २० अंक जोडिन् ।
अब नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नेछ ।
पुरुषमा बंगलादेशले श्रीलंका तथा भारतले नेपाल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषमा नेपालले माल्दिभ्सलाई ७६–६२ ले पराजित गरेको थियो । नेपालका अशिम श्रेष्ठले २० अंक जोडे ।
थ्री बाइ थ्रीको पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसंग खेल्ने । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।