काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आइतबार भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो ।
नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्यो ।
नेपालका लागि असिम श्रेष्ठले १८ आयुस सिंहले १५ तथा सदिश प्रधानले १४ स्कोर गरे ।
समूह 'ए' मा रहेको नेपाल यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ६७-६१ स्कोरले पराजित भएको थियो ।
अब नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ । अर्को सेमिफाइनलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ ।