थ्री अन थ्री बास्केटबल : नेपालको सहज जित
२०१९ डिसेम्बर ७, शनिबारखेलपाटी संवाददाता
_vls_srilanka_3x3.jpg&w=3840&q=75)
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत थ्री अन थ्री बास्केटबलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित सेमी कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई २१-१४ ले पराजित गर्यो । नेपालको जितमा निकेश मगरले ८ स्कोर गरे ।
यस्तै दोस्रो खेलमा भने नेपाल श्रीलंकासँग पराजित भयो । नेपाललाई श्रीलंकाले १८-१४ ले पराजित गर्यो ।
थ्री अन थ्री बास्केटबलमा नेपाल ४ टिमको सहभागिता रहेको छ ।