काठमाडौं । बंगलादेश १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष बास्केटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बंगलादेशले माल्दिभ्सलाई ७८–६७ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । बंगलादेशका साम सुज्जामन खानले २७ अंक जोडे ।
पुरुषको अर्को खेलमा भारतले भुटानलाई १३८–६३ ले हरायो । भारतका अमृत पाल सिंहले २३ अंक जोडे ।
दोहोरो जित निकालेको भारतले महिलामा माल्दिभ्समाथि १५६–३३ को सहज जित दर्ता गर्यो । भारतकी हर्सिमा कौर धामीले २३ स्कोर गरिन् ।