काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टनतर्फ भारतले ६ वटा स्वर्ण पदक जितेको छ ।
पोखरा रगंशालाको ब्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले एकाधिकार जमाउँदै ६ स्वर्णपदक जित्न सफल भएको हो । अर्को एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ ।
भारतले महिला सिंगल, पुरुष सिंगल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो भने श्रीलंकाले महिला सिंगलमा स्वर्ण पदक जित्न सफल भयो ।
भारतका लागि महिला एकल तर्फ अस्मिता चलिहाले स्वर्ण पदक जितिन् । उनले भारतकै गायत्री गोपीचन्दलाई २१–१८ र २५–२३ को सोझो सेटमा पाखा लगाउदै स्वर्ण पदक जितिन ।
पुरुष एकल तर्फ सिरिल बर्माले भातरकै आर्यमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । यस स्पर्धामा भारतले नै रजत पदक जितेको हो ।
पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीले श्रीलंकाका सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक भने श्रीलंकाले जित्यो ।
मिक्स डवल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजिद गदै स्वर्ण पदक जिते । रजत पदक भने श्रीलंकाले जितेको छ ।
महिला डबल्समा श्रीलंकाकी थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलंकाकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदकपनि श्रीलंकाले नै जितेको हो ।
यस अघि नेपालले ब्याडमिन्टनतर्फ ५ कास्य पदक जितेको थियो ।