काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसको महिला सिंगल्समा नेपालकी प्रेरणा कोइराला सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरिन् । योसँगै प्रेरणाले कास्य पदक पक्का गरेकी छिन् ।
सिंगल्सतर्फ नेपालका अन्य खेलाडी भने क्वाटरफाइनलमै रोकिए । महिला सिंगल्सतर्फ सलोनी तामाङ भारतकी सौजन्या भाबी सेटीसँग ६-२ र ६-३ ले पराजित भईन् ।
पुरुषको सिंगल्सतर्फ नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वाटरफाइनलमा पराजित भए ।
प्रणव पाकिस्तानका मोहम्मद मुर्तजासँग ६-० र ६-१ ले पराजित भए ।
यस्तै संरक्षक भारतका मनिष सुरेश कुमारसँग ६-० र ६-० ले पराजित भए ।
पुरुष सिंगल्सतर्फ नेपालका कुनै पनि खेलाडी सेमिफाइनलमापुग्न सकेनन् । शीर्ष वरियताका भारतीय खेलाडी सकेत मिनेनी, चौथो वरियताका पाकिस्तानी खेलाडी मुजाम्मित मुर्तजा, तेस्रो वरियताका पाकिस्तानी खेलाडी अकिलखान र दोस्रो वरियताका भारतीय खेलाडी मनिष सुरेश कुमार सेमिफाइनलमा पुगे ।
मिनेनीले श्रीलंकाका जे दिसानायकेलाई ६–१ र ६–१ ले हराए ।त्यस्ते मुजामिलमुर्तजाले प्रणवखनाललाई ६–० र ६–१ ले हराए । अकिलखानले भुटानकातान्दिनवाङ्चुकलाई ६–१ र ७–५ ले पराजित गरे ।मनिल सुरेश कुमारले संरक्षक बज्राचार्यलाई ६–३ र ६–४ ले हराए ।
महिला डबल्सतर्फ भारतका श्रब्याचिलाकलापुडी र भुवनाकलाभाको जोडीले श्रीलंकाकाजनालिकाव्यामनामपेरीलाई ६–० र ६–१ ले हराउँदै सेमिफाइनलमापुगे । यस्तै नेपालका प्रेरणा कोइराला र सलोनीतामाङको जोडीले बंगलादेशका सुस्मिता सेन र रिन्भीअख्तर तृप्तीको जोडीलाई ६–३ र ६–३ ले हराए ।
भारतकी प्रेरणा भाम्ब्री र पीथोम्बारेको जोडीले श्रीलंकाकाअञ्जलिका कुरेरा र रुसिकाविजेस्वरियाको जोडीलाई ६–१ र ६–१ ले हराउँदै सेमिफाइनलमा स्थानबनाए ।
यस्तै नेपालका अविलाष विष्ट र आइरा मेहेमिसा रावतको जोडीले पाकिस्तानका सारा महबुबखान र महिनअफ्ताब कुरेसीको जोडीलाई ६–२, २–६ (१३–११) ले हराए ।
पुरुष डबल्सतर्फ एस नारायण स्वामी र जे नेदुनचेझियानको जोडीले श्रीलंकाका जे दिसानायके र दिनेशकान्थथंगराजनको जोडीलाई ६–१ र ६–१ ले हरायो ।यस्तै पाकिस्तानकाअकिलखान र अइसमउलहक कुरेसीको जोडीले नेपालका संरक्षक बज्राचार्य र प्रणवखनालको जोडीलाई ६–१ र ६–२ ले हरायो ।
पाकिस्तानकै मोहम्मदअविद र मुजाम्मिलमुर्तजाको जोडीले एस अतुकोराले र वाई डिसिल्भाको जोडीलाई ६–१ र ६–२ ले हराउँदै सेमिफाइनलमा पुग्यो । यस्तै भीजगदिसन र सकेथ मिनेनीको जोडीले बंगलादेशकाफारुक हुसेन र श्री अमोल रोयको जोडीलाई ६–० र ६–२ ले हराउँदै सेमिफाइनलमा स्थानबनाए ।
मिक्स डबल्सतर्फ भारतका पीथोम्बारे र जे नेदुनचझियानको जोडीले श्रीलंकाका एस जयसुरिया र एस अतुकोरालेको जोडीलाई ६–१ र ६–२ ले हरायो ।
यस्तै पाकिस्तानका उश्ना सुहेल र अइसमउलहक कुरेसीको जोडीले नेपालकाअविलाषाविष्ट र प्रदीपखड्काको जोडीलाई ६–४ र ६–० को सेटमा हराउँदै अन्तिम चारमा स्थानबनाए ।
यस्तै पाकिस्तानका सारा मन्सुर र मोहमदअविदको जोडीले श्रीलंकाका अनिका चोले सेनेभिरत्ने र दिनेशकान्थथंगराजनको जोडीलाई ६–० र ६–० ले हरायो ।
अन्तिम क्वार्टर फाइनलमा भारतका सौजन्या भावि सेट्टी र एस नारायण स्वामीको जोडीले नेपालका आइरा मेहेमिसा रावत र सन्तोष खत्रीको जोडीलाई ६–० र ६–१ ले हरायो ।