काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बास्केटबलमा नेपालले शानदार सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई फराकिलो अन्तरले हराएको हो ।
नेपालले सुखद सुरुवात गर्ने क्रममा बंगलादेशलाई ९२-५ स्कोरले पराजित गर्यो ।
जितसँगै समूह 'बी' मा नेपालले महत्वपूर्ण अंक जोडेको छ । अब नेपालले आइतबार भुटानसँग खेल्नेछ ।
पुरुषतर्फ भने नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
महिलातर्फ नेपालले बिहिबार बंगलादेशसँग नै खेल्नेछ ।