काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसको पुरुष एकलमा नेपालका संरक्षक बज्राचार्य र प्रणव खनाल क्वार्टरफाइनलमा पुगेका छन् ।
पहिलो चरणको खेलमा संरक्षक बज्राचार्यले श्रीलंकाका विरावर्ना रनपातावेदिगेलाई ६–३ र ६–४ ले हराए । यस्तै प्रणवले बंगलादेशका फारुक हुसेनलाई ६–० र ६–० ले पराजित गरे ।
पुरुष सिंगल्सतर्फ जे दिसानायकेले भुटानका पेमा नोर्बुलाई ६–१ र ६–३ ले, पाकिस्तानका मोहम्मद मुर्तजाले माल्दिभ्सका नाजिफ हुसेनलाई ६–१ र ६–१ ले, भुटानका तान्दिन वाङ्चुकले बंगलादेशका मोहम्मद आलमगिर हुसेनलाई ७–५, ०–६ र ७–६(७) ले तथा पाकिस्तानका अकिलखानले माल्दिभ्सका अबदुल्ला फाइहफजिललाई ६–१ र ६–३ ले हराउँदै क्वार्टर फाइनलमा पुगे ।
भारतका सकेत मिनेनी र सुरेश कुमार बाई पाएर क्वार्टर फाइनलमा पुगे ।
महिला सिंगल्सतर्फ नेपालका सलोनी तामाङ र प्रेरणा कोइरालाक्वार्टर फाइनलमा पुगे । सलोनीले मरियम हस्माहनिमलाई ६–२ र ६–१ ले हराइन् । प्रेरणाले बंगलादेशकी रिन्भी अख्तर तृप्तीलाई ६–३ र ६–० ले हराइन् ।
यस्तै बंगलादेशी सुस्मिता सेनलाई ६–० र ६–० ले हराउँदै पाकिस्तानकी महिनअफ्ताब कुरेसी, अन्जलिका कुरेरालाई ६–० र ७–५ ले हराउँदै पाकिस्तानकी उश्ना सुहेल पनिक्वार्टर फाइनलमा पुगे ।
भारतका सौजन्याभाबी सेटी, श्रीलंकाकी अनिका चोले सेनेभिरत्ने, माल्दिभ्सकी जिना अब्दुल रसिद र भारतकी सत्विका समा भने बाई पाएर क्वार्टर फाइनलमापुगे ।
पुरुष डबल्सतर्फ नेपालका संरक्षक बज्राचार्य र प्रणवखनालको जोडीले बंगलादेशका मोहम्मद आल मगिर हुसेन र मोहम्मद मिलोनको जोडीलाई ६–२ र ६–४ ले हरायो ।
नेपालका प्रदीप खड्का र सन्तोष खत्रीको जोडीभने श्रीलंकाका एस अतुकोराले र वाई डिसिल्भाको जोडीसँग ६–२ र ६–३ ले पराजित गए ।
श्रीलंकाका जे दिसानायके र डिथंगराजको जोडीले माल्दिभ्सकाइग्नाजमन्सुर र अलिफारिस मोहम्मदको जोडीलाई ६–० र ६–० ले हरायो ।
यस्तै बंगलादेशका फारुक हुसेन र श्री अमोल रोयको जोडीले भुटानका निदुप ग्याल्छेन र पेमा नोर्बुको जोडीलाई ६–४ र ६–० ले हरायो ।
भारतका भीजगदिसन र साकेथ साई मिनेनीको जोडी, पाकिस्तानका मुहाम्मद अविद र मुजामिल मुर्तजाको जोडी, पाकिस्तानका आइसाम उलहक कुरेसी र अकि लखानको जोडी र भारतका नारायनन स्वामी र नेदु नचेजियानको जोडीभने बाई पाएर क्वार्टरफाइनलमा पुगे ।