मनोज थापा
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष ह्यान्डबलबाट बाहिरिएको छ ।
पोखरामा बिहीबार भएको दोस्रो खेलमा पाकिस्तानसँग ४३-१९ गोल अन्तरले पराजित हुँदै नेपाल बाहिरिएको हो ।
पाकिस्तानसँग पराजित भएसँगै नेपाल लगातार दुई हारसहित समूह चरणबाट बाहिरिएको हो ।
नेपालको लागि विशाल बस्नेतले ५ गोल गरे । यस्तै सन्तोष श्रेष्ठले ४ गोल गर्दा मदन चुनारा र श्रीबहादुर सिंजालीले २/२ गोल गरे । त्यस्तै सरन थापा, सन्दिप कार्की, दिनेश श्रेष्ठ र यम बहादुर पुनले १/१ गोल गरे
महिलातर्फ भने नेपाल सेमिफाइनलमा पुगेको छ ।