बास्केटबल : पुरुषमा नेपाल पराजित
बिहिबार, १९ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलको पुरुषको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको हो । नेपाल बंगलादेशसँग ६७-६१ स्कोरले पराजित भएको हो ।
समूह 'ए' मा रहेको नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
दुई समूहमा विभाजन गरिएको बास्केटबलको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छ ।
महिलातर्फ नेपालले बिहिबार बंगलादेशसँग नै खेल्नेछ ।










-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)


