बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

लनटेनिस : टिम इभेन्टमा नेपाललाई पहिलो पदक

बुधबार, १८ मंसिर २०७६खेलपाटी संवाददाता
लनटेनिस : टिम इभेन्टमा नेपाललाई पहिलो पदक
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष तर्फको फाइनलमा भारतले पाकिस्तानलाई २–० ले हराउँदै स्वर्ण पदक जितेको हो । लगातार दुई सिंगल्सको खेल जितेपछि भारतले डबल्स खेल्नुअघि नै स्वर्ण पदक सुरक्षित गरेको थियो ।

पहिलो सिंगल्समा भारतका श्रीराम बालाजी नारायण स्वामीले पाकिस्तानका मुजाम्मिल मुर्तजालाई ४–६, ६–३ र ६–३ ले हराए । अर्को सिंगल्समा भारतका संकेत मिनेनीले पाकिस्तानका अकिल खानलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।

सिंगल्सको दुईवटा म्याचमा पराजित भएपछि पाकिस्तानले डबल्स खेलेन ।

महिलातर्फको फाइनलमा भारतले श्रीलंकालाई हरायो । भारतकी प्रेरणा भाम्ब्रीले अनिका सेनेभिरत्नेलाई ६–१ र ६–३ ले हराइन् । अर्को सिंगल्समा सत्विका समाले अन्जलिका कुरेरालाई ६–४ र ६–३ ले पराजित गरिन् ।

डबल्सतर्फ सौजन्या बाभिसेटी र श्रब्यासिभानी चिलाकालापुडीको जोडीले एलाना सेनेभिरत्ने र रुसिया विजेसुर्याको जोडीलाई ६–२ र ६–१ ले हराए ।

पुरुष र महिलाको दुबै टिम इभेन्टमा नेपालले कास्य पदक हात पारेको छ । पुरुषतर्फ भुटानले पनि कास्य पदक हात पार्दा महिला तर्फको अर्को कास्य पदक पाकिस्तानले हात पार्यो  ।

नेपालले टेनिसको टिम इभेन्टमा पहिलो पटक पदक जितेको हो ।

डबल्सतर्फको प्रतिष्पर्धा पनि बुधबार सुरु भएको छ । पुरुष डबल्सतर्फ नेपालका प्रणव खनाल र संरक्षक बज्राचार्यको जोडीले बंगलादेशका आलमगिर हुसेन र मोहम्मदमिलनको जोडीलाई ६–२ र ६–४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए । क्वार्टर फाइनलमा नेपाली जोडीले पाकिस्तानका अकिलखान र ऐसम उलहक कुरेसीको सामना गर्नेछन् । पाकिस्तानी जोडी बाई पाएर क्वार्टर फाइनलमा पुगेको थियो ।

डबल्सतर्फ श्रीलंकाका जे दिसानायके र डीथंगराजको जोडीले माल्दिभ्सका इग्नाजमन्सुर र अलिफारिस मोहमदको जोडीलाई ६–० र ६–० ले हराएको थियो ।

नेपालका प्रदीप खड्का र सन्तोष खत्रीको जोडी पहिलो चरणमै बंगलादेशका श्रीलंकाका अतुकोराले र डिसिल्भाको जोडीसँग ६–२ र ६–३ ले पराजित भयो ।

यस्तै बंगलादेशका फारुक हुसेन र श्री अमोर रोयको जोडीले भुटानका निदुपग्याल्चेन र पेमा नोर्बुको जोडीलाई ६–४ र ६–४ ले हराए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा